खेलकुद

एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलअघि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गर्नुभयो । लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र अभ्यासपछि टोली फाइनलका लागि तयार रहेको बताउनुभयो । उहाँका अनुसार टोलीले… पुरा पढौ

नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

काठमाडौं, ४ मङ्सिर। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो । भ्रमणका क्रममा नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ । त्यसपछि जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लड्र्समा बङ्गलादेशसँग टी–२० अन्तरराष्ट्रिय खेल खेल्नेछ । नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय तथा जुन ९, ११ र १२… पुरा पढौ

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

काठमाडौं, १ मङ्सिर। साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै लुम्बिनीले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । लुम्बिनीका लागि निरोशन डिकवेलाले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । यस्तै, दिलिप नाथले अविजित… पुरा पढौ

एनपिएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडौं, १ मङ्सिर। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेताको सामना गर्नुपर्नेछ । सुदूरपश्चिम र लुम्बिनी पहिलो अवसर नै सदुपयोग गरेर फाइनलमा स्थान बनाउने योजनामा छन् ।… पुरा पढौ

एनपिएलको लिग चरण सकियो, चार टोलीकाे ‘प्लेअफ’मा स्थान सुरक्षित

काठमाडौं, ३० कात्तिक। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आज सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ । यसपटकको एनपिएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरे । केही टोलीले भने अपेक्षाअनुसारको लय समात्न सकेनन् । ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैमा प्रभावशाली देखिएका टोलीले लिग… पुरा पढौ

एनपिएलः चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित

काठमाडौं, २९ कात्तिक। कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध २४ रनको जित निकालेको छ । यो जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न भने वञ्चित भएको छ । उसले यसपटक सात खेलमध्ये चारमा हार तथा तीन खेलमा मात्र जित निकाल्यो । कर्णालीविरुद्ध हारको सामना गरे पनि चितवनले प्लेअफमा स्थान बनाएको छ । आज कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । उसका लागि कामिल मिसराले २५, उसमा मिरले अविजित… पुरा पढौ

वैभवीलाई थाइल्यान्डमा दुई पदक

काठमाडौं, २९ कात्तिक। तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् । नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन् । बैंककस्थित फेसन आइल्याण्डको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन् । त्यस्तै, पुम्से विधामा ३५ सहभागी खेलाडीमाझ भएको प्रतिस्पर्धामा वैभवीले कास्य पदक प्राप्त गरेकी हुन् । वैभवीले यसअघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो… पुरा पढौ

गण्डकी पीएम कप महिला टी-२० छनोट : उद्घाटन खेलमा कास्की विजयी, चन्द्रमायाको अलराउन्ड प्रदर्शन

पोखरा, २८ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुरु भएको 'गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६' को उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा कास्कीले नवलपुर जिल्ला महिला टोलीलाई १९ रनले पराजित गरेको हो । कास्कीको जितमा चन्द्रमाया बरालले शानदार अलराउन्ड प्रदर्शन गरिन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कास्कीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पारेको थियो । कास्कीका लागि चन्द्रमाया बरालले ५२ बलमा… पुरा पढौ

पोखरामा प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तिव्र

पोखरा, २७ कार्तिक । पोखरामा आयोजना हुन लागेको प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा आगामी मंसिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुन लागेकोे कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए । प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने क्लवका सचिव अशोक थापाले बताए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव,सशस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब एनपीसी, गण्डकी प्रदेश भलिवल संघ,कोशि प्रदेश भलिवल संघ,रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्रको… पुरा पढौ

एनपिएलः साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

काठमाडौं, २६ कात्तिक। साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो । आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६, दिलिप नाथले अविजित २८ र निरोशन डिकवेलाले १६ रन बनाए । बलिङतर्फ कर्णालीका लागि मार्क वाटले ४ तथा हुसेन तलत र पवन सर्राफले एक… पुरा पढौ