समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ । पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा यही मङ्सिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११:०० बजेदेखि अपह्रान्न ४:०० बजेसम्म (पाँच घण्टा) सडक आवागमन बन्द गरिने जनाइएको छ । सडक बन्द गरी जोखिमयुक्त… पुरा पढौ

COP31 मा युरोपेली सांसद्सँग नेफिनको महत्वपूर्ण संवाद, जलवायु न्याय र अधिकारमा जोड

अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष निमा लामा ह्योल्मोले युरोपेली संसद्को प्रतिनिधिमण्डलसँग जलवायु परिवर्तन, जलवायुजन्य विपद्, जलवायु वित्त तथा आदिवासी जनजातिका अधिकारका विषयमा महत्वपूर्ण विचार आदानप्रदान गर्नुभएको छ। युरोपेली सांसद लिडिया पेरेइरा नेतृत्वको प्रतिनिधिमण्डलसँग अन्ताल्यामा भएको संवादमा नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा बढ्दो जलवायु जोखिम र त्यसको समाधानमा आदिवासी ज्ञानको भूमिकाबारे विशेष चर्चा गरिएको छ। हिमाली विपद् र पूर्वसूचना प्रणालीको आवश्यकता संवादका क्रममा अध्यक्ष ह्योल्मोले नेपालमा… पुरा पढौ

गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १४ स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित

पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आज सम्मान गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसर पारेर मन्त्रालयले बिहीबार (मंसिर ४ गते) पोखरामा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरेको हो। समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नन्द प्रसाद न्यौपानेले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो। निमित्त प्रदेश सचिव सुरज गुरौका अनुसार उत्कृष्ट कर्मचारी छनौट तथा सिफारिस गर्न गठित समितिको… पुरा पढौ

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकमा निर्णयहरू

काठमाडौं, ४ मङ्सिर। मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमण स्वीकृत गर्नुका साथै चीन सरकारले अनुदानस्वरुप प्रदान गर्ने २० लाख अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले अन्तरराष्ट्रिय मुद्रा कोषले प्रदान गर्ने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने तथा सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताउनुभयो । यसैगरी, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्त्विक… पुरा पढौ

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

काठमाडौं, ४ मङ्सिर। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरुसँग छलफल एवं परामर्श सुरु गरेको हो । आयोगले आज नै विभिन्न राजनीतिक दलहरुसँग छलफल सुरु गर्ने भएको जनाएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरुलाई आज आयोगले छलफलका लागि आमन्त्रण गरेको छ । आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरुलाई छलफलमा बोलाइएको जानकारी दिनुभयो । प्रवक्ता भट्टराईले भन्नुभयो,… पुरा पढौ

नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

काठमाडौं, ४ मङ्सिर। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो । भ्रमणका क्रममा नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ । त्यसपछि जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लड्र्समा बङ्गलादेशसँग टी–२० अन्तरराष्ट्रिय खेल खेल्नेछ । नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय तथा जुन ९, ११ र १२… पुरा पढौ

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

काठमाडौं, ४ मङ्सिर। हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । आज तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ । पुरा पढौ

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

काठमाडौं, ४ मङ्सिर। नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई अन्तरराष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्न कोप–३१ मा विशेष पहल गरेको छ । पर्वतीय क्षेत्रको जलवायु जोखिम, भोटेकोशी बाढीको क्षति, जलवायु न्याय र अनुकूलनका सवाललाई नेपालले यस सम्मेलनमा प्राथमिकताका साथ उठाएको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप–३१ सम्मेलनमा अवस्थित नेपाल पेभिलियनको बिहीबार समापन कार्यक्रममा नेपालको पर्वतीय एजेन्डा केवल नेपालको सरोकार नभई विश्वव्यापी जलवायु सङ्कटसँग जोडिएको साझा मुद्दा भएको बताउनुभएको मन्त्रालयले जनाएको छ । “नेपाल अन्ताल्यामा… पुरा पढौ

कार्तिक शुक्ल एकादशीः तुलसी-दामोदरको विवाह गरिँदै

काठमाडौं, ४ मङ्सिर। कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी मनाउने वैदिक सनातनी परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीरसागरमा सुतेकाले यी… पुरा पढौ

गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १४ कर्मचारी सम्मानित हुँदै

पोखरा, ३ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मान गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसर पारेर मन्त्रालयले उनीहरूलाई सम्मान गर्न लागेको हो। निमित्त प्रदेश सचिव सुरज गुरौका अनुसार यही मंसिर ४ गते (२०८३/०८/०४) आयोजना हुने एक विशेष समारोहका बीच छनौट भएका कर्मचारीहरूलाई सम्मान गरिनेछ। उत्कृष्ट कर्मचारी छनौट तथा सिफारिस गर्न गठित समितिको सिफारिस, सम्बन्धित कर्मचारीको कार्यसम्पादन, स्वःप्रेरित सेवाभाव र… पुरा पढौ