पोखरा, ३० कात्तिक । कास्कीको हेमजामा दोस्रो संस्करणको हेमजा साहित्य महोत्सव आयोजना हुने भएको छ। हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा आगामी मंसिर ५ र ६ गते दुई दिनसम्म महोत्सव सञ्चालन हुने भएको हो। महोत्सवबारे जानकारी दिन साेमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति र सिर्जनशीलताको संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जनाएको छ। प्रतिष्ठानका अनुसार पहिलो महोत्सवको सफलताबाट उत्साहित हुँदै दोस्रो संस्करणलाई अझ व्यापक र सहभागितामूलक बनाउने तयारी गरिएको छ। पहिलो महोत्सवमा…
पुरा पढौ