स्वास्थ्य

गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १४ स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित

पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आज सम्मान गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसर पारेर मन्त्रालयले बिहीबार (मंसिर ४ गते) पोखरामा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरेको हो। समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नन्द प्रसाद न्यौपानेले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो। निमित्त प्रदेश सचिव सुरज गुरौका अनुसार उत्कृष्ट कर्मचारी छनौट तथा सिफारिस गर्न गठित समितिको… पुरा पढौ

गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १४ कर्मचारी सम्मानित हुँदै

पोखरा, ३ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मान गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसर पारेर मन्त्रालयले उनीहरूलाई सम्मान गर्न लागेको हो। निमित्त प्रदेश सचिव सुरज गुरौका अनुसार यही मंसिर ४ गते (२०८३/०८/०४) आयोजना हुने एक विशेष समारोहका बीच छनौट भएका कर्मचारीहरूलाई सम्मान गरिनेछ। उत्कृष्ट कर्मचारी छनौट तथा सिफारिस गर्न गठित समितिको सिफारिस, सम्बन्धित कर्मचारीको कार्यसम्पादन, स्वःप्रेरित सेवाभाव र… पुरा पढौ

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

नारायणगढ (चितवन), ३ मङ्सिर। दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । बिदापछि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमा तीन हजार ३०० बिरामीले सेवा लिएका छन् । लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि बन्द वा सीमित सञ्चालनमा रहेकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उहाँले बताउनुभयो । बुधबार पनि अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको उहाँको भनाइ छ… पुरा पढौ

गण्डकी स्वास्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा सुरू

पाेखरा, २ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा बुधबारदेखि सुरू भएकाे छ । तीन दिवसीय यस कार्यक्रम अन्तर्गत मंसिर २ गते बुधबार अस्पतालहरूकाे समिक्षा गरिएकाे छ । मंसिर ३ गते जनस्वास्थ्य तर्फ र मंसिर ४ गते आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा तर्फको समीक्षा रहने तालिका रहेकाे कार्यक्रम अधिकृत तथा फाेकल पर्सन बुद्धिसागर अधिकारीले जानकारी दिनुभयाे। स्वास्थ्य मन्त्रालयका मन्त्री नन्द प्रसाद न्यौपानेको अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री… पुरा पढौ

आई एन एफ नेपालको ७४औँ वार्षिकोत्सव-७४ वर्षदेखि स्वास्थ्य र सामुदायिक सेवामा निरन्तर योगदान

पोखरा, ३० कार्तिक । इन्टरनेशनल नेपाल फेलोसिप (आई एन एफ) नेपालले आफ्नो स्थापनाको ७४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदैछ। यस वर्ष संस्थाले ‘प्रेम र सेवाको जीवन्त विरासत’ भन्ने नाराका साथ वार्षिकोत्सव मनाउन लागेको हो। वार्षिकोत्सवका अवसरमा संस्थाका विभिन्न कार्यक्षेत्रमा रहेका अस्पताल तथा कार्यालयहरूमा आई एन एफ दिवस मनाउन लागिएको संस्थाले जनाएको छ । संस्थाले ७४ वर्षको यात्रालाई केवल संस्थागत विकास र विस्तारका रूपमा मात्र नभई सेवा, करुणामय हेरचाह र सेवाबाट वञ्चित समुदायप्रतिको समर्पणको यात्राका रूपमा लिएको छ। सन् १९५२ अर्थात्… पुरा पढौ

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुर, २६ कात्तिक। भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ । प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार रु चार करोड ८० लाख लागतमा डेढतले भवन निर्माण सम्पन्न गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालबाट नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको… पुरा पढौ

‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

काठमाडौं, १९ कात्तिक। खानेपानी आयोजनाका योजना तथा डिजाइन, ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन र सरसफाइ क्षेत्रका कानुनी व्यवस्थासहितका विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठद्वारा लिखित उक्त पुस्तकमा खानेपानी, भूमिगत जल, फोहोरपानी व्यवस्थापन, सरसफाइ, वातावरण, जलप्रवाह, जलविज्ञान तथा खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरू समेटिएका छन् । नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रमा नेपाली परिवेशअनुकूल प्राविधिक सन्दर्भ सामग्रीको अभावलाई सम्बोधन गर्ने उद्देश्यले पुस्तक प्रकाशन… पुरा पढौ

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं, १७ कात्तिक। सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताउनुभयो । अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उहाँले आग्रह गर्नुभयो । थापाकाअनुसार कार्यक्रमका… पुरा पढौ

सिंगा तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी, १२ कात्तिक। ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा–तातोपानी कुण्डमा आउनुभएको छ । “पहिलो पटक श्रीमतीलाई लिएर आएको थिए । १५ दिनसम्म तातोपानीमा डुबेपछि उहाँको स्वास्थ्यमा राम्रो सुधार भयो । त्यसपछि म पनि ढाड दुख्ने समस्या कम हुने आशाले यहाँ आएको हुँ,” सुवेदीले भन्नुभयो । सुवेदीजस्तै देशका विभिन्न स्थानबाट स्वास्थ्य सुधार हुने आशा लिएर सिंगा तातोपानी कुण्डमा आउनेको सङ्ख्या बढ्दै गएको छ । दसैँतिहारको बिदा र चिसो बढ्न… पुरा पढौ

पोखराको फिस्टेल हस्पिटल र कोरियाको प्रसिद्ध ‘मार्पे’ कम्पनीबीच रणनीतिक सम्झौतामा हस्ताक्षर

काठमाडाैं, १० कार्तिक । पोखरास्थित फिस्टेल हस्पिटल (Fishtail Hospital) का प्रतिनिधि मण्डलले दक्षिण कोरियाको प्रसिद्ध 'मार्पे कम्पनी' (Marpe Company) को हेडक्वार्टर भ्रमण गरी दुई पक्षीय हितका लागि सम्झौता पत्र (MoU) मा हस्ताक्षर गरेको छ। दक्षिण कोरियाको राजधानी सिओलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको छल्लाबुक-से प्रदेशको राजधानी छेङजु (Jeonju) शहरमा अवस्थित मार्पे कम्पनी, कोरियामा फिजियोथेरापी (Physio Therapy) र स्पोर्ट्स थेरापी (Sports Therapy) का आधुनिक सामानहरू उत्पादन गर्ने एकमात्र तथा प्रसिद्ध निर्माता कम्पनी हो। भ्रमणका क्रममा फिस्टेल हस्पिटलका अध्यक्ष अशाेक पालिखे र… पुरा पढौ