विकास

राष्ट्रपति पौडेलद्वारा महादेवटार सुरुङको ‘ब्रेक थ्रु’, सेनाको कामको गरे प्रशंसा

बागमती, २ मङ्सिर। राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माण गरिएको आयोजनाकै सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको छ। भीमफेदी र बकैया गाउँपालिकालाई जोड्ने उक्त सुरुङको राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष समारोहका बीच औपचारिक रूपमा ‘ब्रेक थ्रु’ गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले रणनीतिक महत्त्वको यस आयोजना निर्माणमा नेपाली सेनाले देखाएको सक्रियता र तदारुकताको उच्च प्रशंसासमेत गर्नुभयो। सोही अवसरमा पूर्वाधार विकासमन्त्री सुनिल… पुरा पढौ

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

राँझा (बाँके), २ मङ्सिर। हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज भएको छ । सडक सञ्जाल विस्तार भएपछि राप्ती सोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउजाउ गर्न सहज भएको छ । हुलाकी सडकले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगञ्जसँग सिधा जोडेको छ । विगतमा दुर्गम मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो । “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उहाँले… पुरा पढौ

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

गण्डकी, २६ कात्तिक। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ । विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको… पुरा पढौ

यसकारण रोकियो मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण

म्याग्दी, २० कात्तिक। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्याएपछि निर्माणकार्य रोकिएको हो । बाढीबाट आयोजनामा करिब रु १८ देखि रु २० करोडबराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कालीगण्डकी बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काएर निर्माणस्थलमा गेग्रान थुपारेको… पुरा पढौ

पोखरा-मुग्लिन सडक स्तरोन्नति कार्य अन्तिम चरणमा

गण्डकी, १७ कात्तिक। पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।” इन्जिनियर पाण्डेका अनुसार कूल ४१.४५ किमि… पुरा पढौ

बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

बागलुङ, १७ कात्तिक। बागलुङमा गण्डकी प्रदेश सरकारले एकैपटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ । पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमनमा समस्या हुँदै आएका ग्रामीण सडकका साना तथा मझौला खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि प्रत्येक पुलमा रु ४० लाखका दरले बजेट विनियोजन भइसकेको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीत शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन… पुरा पढौ

मुस्ताङ भन्सारले उठायो ११ अर्ब ४५ करोड राजस्व

मुस्ताङ, १५ कात्तिक। नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि साढे तीन महिना नबित्दै मुस्ताङ भन्सारले लक्ष्यभन्दा बढी रु दुई अर्ब ४५ करोड ४७ लाख भन्सार राजस्व सङ्कलन गर्न सफल भएको छ । भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार चालु वर्षको साउनदेखि कात्तिक १३ गतेसम्मको अवधिमा कोरलानाकाबाट… पुरा पढौ

मुस्ताङमा यो बर्ष सवा अर्बको स्याउ उत्पादन

मुस्ताङ, १२ कात्तिक। हिमाली जिल्ला मुस्ताङमा यस वर्ष १ अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ । कृषि तथा पशु विकास प्रमुख डा लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ रु २३ करोड छ लाख र परम्परागत स्थानीय स्याउ रु ९१ करोड ९० लाख ९१ हजार बराबरको… पुरा पढौ

८० अर्ब लगानीमा उदयपुरमा १ हजार मेगावाट क्षमताको सोलार परियोजना निर्माण हुने

काठमाडाैं, २८ असाेज। उदयपुरमा ८० अर्ब लगानीमा १ हजार मेगावाट क्षमताको सोलार परियोजना निर्माण हुने भएकाे छ । बेलका नगरपालिकामा नेपालकै सबैभन्दा ठूलो १ हजार मेगावाट क्षमताको ‘मेगा सोलार परियोजना’ प्रस्ताव गरिएको हाे। करिब ८० अर्ब रुपैयाँ अनुमानित लागत रहेको यस परियोजनाले नेपालको ऊर्जा क्षेत्रमा नयाँ अायाम ल्याउने अपेक्षा गरिएको छ। हालै प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले यस परियोजनालाई ‘स्विस च्यालेन्ज मोडल’ मार्फत अघि बढाउने निर्णय गरेको छ। ‘रिन्यु होल्डिङ्स प्रालि’ ले २०८१ चैतमै यो प्रस्ताव पेस… पुरा पढौ

१ खर्ब पुँजीको ‘पूर्वाधार विकास कोष’ स्थापना गर्ने सरकारको तयारी

काठमाडौं, २७ असाेज । सरकारले देशको पूर्वाधार विकासमा दीर्घकालीन लगानी विस्तार गर्न १ खर्ब रुपैयाँ अधिकृत पुँजी भएको ‘पूर्वाधार विकास कोष’ स्थापना गर्ने प्रस्ताव गरेको छ। संघीय शासन प्रणालीअनुसार पूर्वाधार विकाससम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्दै वैकल्पिक वित्तीय स्रोत परिचालनका लागि भौतिक पूर्वाधार तथा यातायात (पूर्वाधार विकास) मन्त्रालयले ‘पूर्वाधार विकास कोष सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ को मस्यौदा तयार गरेको हो। शेयर तथा पुँजी संरचना प्रस्तावित विधेयकअनुसार कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ, जारी पुँजी ५० अर्ब… पुरा पढौ