कर्पोरेट

आशुतोष इनर्जीकाे आईपीओ मङ्सिर १४ देखि आउदै

काठमाडौं, ३ मंसिर। आशुतोष इनर्जी लिमिटेडले आगामी मङ्सिर १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। स्थानीय बासिन्दाका… पुरा पढौ

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

काठमाडौं, १ मंसिर । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका निबर्तमान अध्यक्षसमेत रहनुभएका ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुनुहुन्छ । उहाँ चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकासका साथै स्वदेशी 'इला' होटल चेन ब्रान्डको प्रवर्द्धक तथा लगानीकर्ताका रूपमा परिचित हुनुहुन्छ । संयोजक ढकालले दक्षिण एसियाको… पुरा पढौ

निजी क्षेत्रलाई राजस्वको स्रोत मात्र होइन, आर्थिक विकासको सहयात्री बनाउनुपर्छ : अध्यक्ष अग्रवालअध्यक्ष

काठमाडौं, १ मंसिर । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई सरकारको राजस्व संकलनको स्रोतका रूपमा मात्र सीमित नराखी आर्थिक विकासको प्रमुख सहयात्रीका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। कर दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई साथमा नलिई राजस्व वृद्धिको लक्ष्य दीर्घकालीन रूपमा हासिल गर्न नसकिने स्पष्ट पारे। पछिल्लो करिब ६ वर्षदेखि कोभिड–१९ को प्रभाव र अर्थतन्त्रको कमजोर व्यवस्थापनका कारण मुलुकको अर्थतन्त्र अझै पनि शिथिलताको (स्ट्याग्नेसन) अवस्थाबाट गुज्रिरहेको उनको भनाइ छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा कर… पुरा पढौ

एसवाई प्यानलको खुद नाफामा ४३२ प्रतिशतको छलाङ

काठमाडौं, ३० कात्तिक । एसवाई प्यानल नेपाल लिमिटेड (SYPNL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीले २ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नाफा ३९ लाख ६४ हजार रुपैयाँ मात्र रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४३२.६१ प्रतिशत अर्थात… पुरा पढौ

म्याक्स टाइगरबाट प्रदीप लामाले जिते प्रोटोन कार

काठमाडौं, ३० कात्तिक । एउटा क्यान, अनि भाग्य चम्काउने अवसर ! म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसरसँगै नयाँ उत्साह थपेको छ । यसै अभियानमार्फत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । कार विजेता प्रदीप लामाका लागि अहिले यो अत्यन्त खुसीको क्षण बनेको छ । “एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिएनँ ।… पुरा पढौ

सर्वोत्तम पेन्ट्सको नाफा ५० प्रतिशत बढीले वृद्धि, हेटौँडामा अत्याधुनिक उद्योग स्थापना गर्दै

काठमाडौं, ३० कात्तिक । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेड (SAPIL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। आक्रामक बजार विस्तार र बिक्री आम्दानीमा भएको वृद्धिका कारण यस त्रैमासमा कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको छ। खुद नाफा ५०.८३ प्रतिशतले वृद्धि प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ७८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।… पुरा पढौ

हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद लम्बियो, मंसिर १० सम्म भर्न पाइने

काठमाडौं, २२ कात्तिक। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि कात्तिक ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने अवधि लम्ब्याएको छ। अब प्रभावित क्षेत्रका बासिन्दाहरूले आउँदो मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्। तर, मागभन्दा बढी आवेदन परेमा सोअघि नै जुनसुकै समयमा सूचना जारी गरी बिक्री बन्द गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले कात्तिक ११ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको थियाे । जारी पूँजी १ अर्ब ६९ करोड… पुरा पढौ

आँखुखोला जलविद्युतले ७० मेगावाटको दुधकोशी-२ मा १ अर्ब लगानी गर्ने

काठमाडौं, २० कात्तिक। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा अधिकतम १ अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ। दुधकोशी हाइड्रोपावर प्रालिले प्रवर्धन गर्न लागेको उक्त आयोजनामा लगानी गर्नेसम्बन्धी निर्णय आँखुखोला जलविद्युतको कात्तिक १८ गते (बुधबार) बसेको सञ्चालक समितिको बैठकले गरेको हो। डीपीआर अध्ययनपछि लगानीको निर्णय कम्पनीका अनुसार दुधकोशी हाइड्रोपावर प्रालिबाट प्राप्त लगानी प्रस्तावका आधारमा आयोजनाको विस्तृत परियोजना विवरण (डीपीआर) तथा अन्य प्राविधिक एवम् वित्तीय पक्षहरूको विस्तृत अध्ययन गरिएको थियो। उक्त अध्ययनबाट लगानी र प्रतिफलका… पुरा पढौ

म्याक्स टाइगरकाे एउटा क्यानले दिलायो बाइक र स्कुटर, विजेताले बुझ्न थाले पुरस्कार

काठमाडौं, १९ कात्तिक । कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण… पुरा पढौ

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं, १८ कार्तिक। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ। बुधवार, मिति २०८३ कार्तिक १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरूमा छलफल गर्नुका साथै उक्त सामग्री हस्तान्तरण गरेको हो। सो अवसरमा नाडाका अध्यक्ष उप्रेतीले संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघसंस्था तथा कार्यालयहरूलाई… पुरा पढौ