आर्थिक 📈

नेप्से २६२१.२९ विन्दुमा सीमित, ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार

काठमाडौं, ४ मंसिर । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सामान्य अंकले सकारात्मक रहेको बजारमा शुक्रबार भने गिरावट आएको हो । यस दिन नेप्से परिसूचक ७.३८ अंक (०.२८ प्रतिशत) ले घटेर २६२१.२९ विन्दुमा झरेको छ । त्यस्तै, फ्लोट इन्डेक्स ०.३१ अंकले घटेको छ भने सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स दुवै ०.०७ अंकले बढेका छन् । परिसूचक घटेपनि यस दिन कारोबार रकममा भने सामान्य सुधार… पुरा पढौ

वित्तीय सङ्घीयताको एक दशक: अधिकार र स्रोतको सन्तुलन खोज्दै सुर्खेत बैठक (बिचार)

काठमाडौं, ४ मंसिर। नेपालमा सङ्घीयता कार्यान्वयनको करिब एक दशक पुग्न लाग्दा यसको उपलब्धि, कमजोरी र भावी दिशाबारे गम्भीर समीक्षा सुरु भएको छ। संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई अधिकार दिए पनि सोअनुसार स्रोत, साधन, कर्मचारी र प्रशासनिक संरचना हस्तान्तरण भए–नभएको तथा बजेट र निर्णय गर्ने अधिकार माथिमै केन्द्रित रहेको कि भन्ने विषयमा बहस चर्किएको छ। २०८३ कात्तिक १६ गते सुर्खेतमा सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूको सहभागितामा सम्पन्न प्रदेश आर्थिक मामिला परिषद्को बैठकले वित्तीय सङ्घीयताका यिनै विषयलाई राष्ट्रिय बहसमा ल्याएको… पुरा पढौ

डिजिटल कारोबारमा उल्लेखनीय वृद्धि, आरटीजीएसमार्फत ११ खर्ब बढीको कारोबार

काठमाडौं, ४ मंसिर। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार भुक्तानी प्रणालीमा पूर्वाधार विकास, प्रविधिमैत्री सेवा विस्तार र सर्वसाधारणमा डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै विद्युतीय कारोबारमा उल्लेखनीय वृद्धि भएको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूमध्ये भुक्तानी सेवा प्रदायकका रूपमा कार्य गर्न २० वाणिज्य बैंक, १७ विकास बैंक, १५ वित्त कम्पनी र २६ (थप ७ सहित) लघुवित्त वित्तीय संस्थाले अनुमतिपत्र प्राप्त गरेका छन्। समीक्षा अवधिमा १३ भुक्तानीसम्बन्धी संस्थाको अनुमतिपत्र नवीकरण… पुरा पढौ

तरलता खिच्दै राष्ट्र बैंक, २ खर्बको निक्षेप संकलन उपकरण निष्काशन

काठमाडौं, ४ मंसिर। बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज २ खर्ब (२०० अर्ब) रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी २८ दिन अवधिका लागि उक्त उपकरण जारी गर्न लागेको हो। केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्न २:०० बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत आवेदन दिनुपर्नेछ। ब्याजदर, भुक्तानी र सीमा बोलकबोलको माध्यमबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन… पुरा पढौ

फर्स्ट माइक्रोफाइनान्सको एजिएम मंसिर २८ मा तय

काठमाडौं, ४ मंसिर। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्न सत्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले आगामी मंसिर २८ गते सोमबारका दिन काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्केटमा बिहान १० बजे सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त… पुरा पढौ

बाह्य अर्थतन्त्र बलियो: विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब नाघ्यो, रेमिट्यान्समा २७ प्रतिशतको उछाल

काठमाडौं, ४ मंसिर। रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा भएको उच्च वृद्धिका कारण चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको बाह्य क्षेत्रका सूचकहरू निकै सबल देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल सञ्चिति तीन महिनामा ६.८ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड पुगेको… पुरा पढौ

‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

काठमाडौं, ४ मङ्सिर। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले घनिष्ठ छिमेकी देश नेपालको आर्थिक विकाससहित समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको गत महिना बेइजिङमा सम्पन्न २०औँ केन्द्रीय कमिटीको बैठक र सेन्जेनमा भएको ३३औँ एसिया प्रशान्त क्षेत्रीय आर्थिक सहयोग (एपेक) बैठकसहित समसामयिक विषयमा बिहीबार काठमाडौँस्थित आमसञ्चारमाध्यमका सम्पादकहरूसँग भएको छलफलका क्रममा राजदूत झाङले नेपाल सदैव चीनको प्राथमिकतामा रहेको बताउनुभयो । राजदूत झाङले स्वास्थ्य, शिक्षा, सडक सञ्जाल, उद्योग, व्यापार, ऊर्जालगायतका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएकामा… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ४ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा कायम… पुरा पढौ

नेप्सेमा सामान्य सुधार, ३ अर्ब ८७ करोडकाे कारोबार

काठमाडौं, ३ मंसिर । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार (नेप्से) परिसूचक बिहीबार सामान्य अंकले सकारात्मक भएर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको हो । नेप्सेसँगै यस दिन अन्य सूचकहरूमा पनि सामान्य सुधार देखिएको छ । सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले उकालो लागेका छन् । कारोबार रकममा गिरावट परिसूचकमा सुधार आए पनि बिहीबार कारोबार रकम भने अघिल्लो दिनको… पुरा पढौ

बक्यौता नतिर्ने २० इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने अल्टिमेटम, लाइसेन्स खारेज गर्ने चेतावनी

काठमाडौं, ३ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको बक्यौता रकम नबुझाउने २० वटा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम चुक्ता गर्न अन्तिम अल्टिमेटम दिएको छ। प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले सोमबार (२०८१ मंसिर ३ गते) एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र बक्यौता रकम दाखिला नगरे अनुमतिपत्र (लाइसेन्स) खारेजीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो। प्राधिकरणका अनुसार ती सेवा प्रदायकहरूले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी, आरटीडीएफ रकम र… पुरा पढौ