बैंक तथा वित्तीय

कामना सेवा विकास बैंकका ग्राहकले द ऐ-ला लाउन्जमा १५ प्रतिशत छुट पाउने

काठमाडौं, १६ चैत । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुरकाे द ऐ-ला लाउन्जसँग छुट सम्बन्धी सम्झौता गरेको छ । याे सम्झौता अन्तर्गत बैंकका ग्राहकले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा लिन सक्ने सम्झौतामा उल्लेख छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले १ सय ३५ शाखा सञ्जाल,, ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र… पुरा पढौ

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव उपाध्याय नियुक्त

काठमाडौं, १५ चैत। गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन । बैक सञ्चालक समितिको बैठकले हाल बैकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुनेगरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे। व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा स्थापना कालदेखि कार्यरत रहेका छन । विगत १५ वर्षदेखि कम्पनी सचिवको समेत जिम्मेवारी बहन गरेका उपाध्याय ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । बैंकिङ्ग क्षेत्रमा… पुरा पढौ

ग्लोबल आइएमई बैंक र आईएफसी बीच सेवासम्बन्धी समझदारीमा हस्ताक्षर

काठमाडौं, १५ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । यस सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन… पुरा पढौ

नविल बैंकले ७ वटै प्रदेशमा गर्याे वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, १४ चैत । नबिल बैंक लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ७ वटै प्रदेशमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरी वित्तीय साक्षरताबारे जानकारी दिएको हाे । उक्त कार्यक्रमबाट १ हजार ९ सय विद्यार्थीहरू लाभान्वित भएकाे बताइएकाे छ । विश्व वित्तीय सप्ताहको सन्दर्भमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको बैंकले जनाएको छ । वित्तीय साक्षरता प्रोत्साहन गर्न देशभरका विभिन्न… पुरा पढौ

विश्व वित्तीय सप्ताहमा कामना सेवा बिकास बैकले विभिन्न स्थानमा गर्याे वित्तीय साक्षरता कार्यक्रम

काठमाडाैं, १३ चैत । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउन हरेक वर्ष मार्च महिनामा यो सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १८ मा सुरु भई मार्च २४ मा सम्पन्न भएको थियाे। बैंकले विश्व वित्तीय सप्ताह को अवसरमा विद्यार्थी, युवाहरु, तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका… पुरा पढौ

‘ग्लोबल मनी वीक’मा ग्लोबल आइएमई लघुवित्तले सातै प्रदेशमा गर्याे बित्तीय साक्षरता कार्यक्रम

पाेखरा, १३ चैत। कास्कीको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्थाले “ग्लोबल मनी वीक २०२४” काे अवसरमा सातै प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सप्ताहव्यापी बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थामा गठित विश्व वित्तीय सप्ताह समितिको निर्णयले मार्च १८ देखि २४ सम्म संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध ग्राहकका छोराछोरी, किशोर / किशारी तथा युवा/युवती, स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण गराउदै कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय ज्ञान, सीप, मनोवृति र व्यवहारमा परिवर्तन ल्याई… पुरा पढौ

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं, १२ चैत । माछापुच्छ्रे बैंक लिमिटेडको संस्थापक शेयर विक्री खुल्ला गरिएको छ । बैंकका संस्थापक गणेश बहादुर क्षेत्रीकाे नाममा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएकाे हाे । विक्रीमा राखिएकाे उक्त शेयर बैंकका विद्यमान संस्थापकले खरिद नगरेपछि सर्वसाधरणको लगि खुल्ला गरिएको हो । यसका लागि व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्ने बैकले जनाएकाे छ । शेयरको दररेट भने बैकले खुलाएकाे छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आजबाट ७… पुरा पढौ

आज सार्बजनिक बिदा, सेयर बजार, बैंक-वित्तीय संस्थामा काराेबार बन्द

काठमाडौं, ११ चैत । आज चैत ११ गते आइतबार फागु पूर्णिमा पर्वकाे अवसरमा सरकारले सार्बजनिक बिदा दिएकाे छ । सार्बजनिक बिदाकाे कारण आज सेयर बजारकाे काराेबार बन्द छ । सरकारले पहाडी तथा हिमाली जिल्लामा फागु पूर्णिमाको अवसरमा विदा दिएको हाे । बिदाकाे कारण सरकारी कार्यालय, सेयर बजार, बैंक तथा वित्तीय संस्थामा काराेबार बन्द भएकाे छ ।  सेयर बजार अब सोमबार पूर्वान्ह ११ बजे खुल्नेछ । तराइ बाहेक पहाडी जिल्लाहरूमा रहेकाे बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरु भाेलि सोमबार खुल्ने… पुरा पढौ

‘ग्लोवल मनी विक’मा सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय सचेतना कार्यक्रम

काठमाडाैं, १० चैत। ग्लोवल मनी विक २०२४ को अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुमा बित्तिय सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ । “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने नारालाई आत्मसाथ गरी बैकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्दि कार्यक्रम संचालन गरेको हाे । बैंककाे पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्रका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागिता जनाएका थिए । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले… पुरा पढौ

बेसीशहरमा ग्लोबल आइएमई लघुवित्तकाे वित्तीय साक्षरता कार्यक्रम

पाेखरा, १० चैत । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड बेसीशहर शाखा लमजुङले शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ। ग्लाेवल मनी वीकका अवसरमा संस्थामा आबद्ध सदस्य महिला दिदीबहीनीहरु, अभिभावक तथा कर्मचारीहरुको सहभागितामा संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिनाेद पराजुलीले परिवार तथा समाजमा सकरात्मक सोँचको विकाश गराउने उद्देश्यले सदस्य तथा अभिवाकहरुलाई कार्यक्रमबाट केही न केही नयाँ कुरा सिकी भविष्यको लागि आइपर्ने समस्याहरुलाई समाधान गर्न बचत तथा आय सिर्जना गरि सबैले वित्तीय अनुशासन कायम… पुरा पढौ