अटाे 🚙

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म

काठमाडौं, ३० कात्तिक । बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुँदैछ। एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेटघाटको अवसर समेटिएको यस अभियानमा सहभागी हुन अब केही दिन मात्र बाँकी छन्। यस अभियान अन्तर्गत मंसिर ४ गते भित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन्। यसका साथै, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’ मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न… पुरा पढौ

रेल सेवा व्यवस्थित गर्न जनसरोकार अभियानकाे माग

जनकपुर, १९ कात्तिक। जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो । अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न माग गरेको छ । रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित… पुरा पढौ

एकै दिन ४७० सवारीसाधन कारबाहीमा

काठमाडौं, ८ कात्तिक। काठमाडौं उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो । यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ११५, हर्न बजाएर सवारीसाधन चलाउने नौ, लेन अनुशासन पालन नगर्ने दुई, ‘वान… पुरा पढौ

यसवर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो

काठमाडौं, ६ कात्तिक। दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि सात जनाले घटेको छ । यसले चाडपर्वका समयमा सडक सुरक्षामा गरिएको तयारी… पुरा पढौ

बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं, १ कार्तिक । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उपत्यकाभित्रका बसपार्क र नाकाहरूमा घर जानका लागि यात्रुको चाप बढेको बताउनुभयो । नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप… पुरा पढौ

एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ‘हेक्टर टोमहक’ नेपाल भित्रियो

काठमाडौं, २३ असाेज । नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले भारतमा निर्मित एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ‘हेक्टर टोमहक’ (Hector Tomahawk EV) नेपाल भित्र्याएको छ। कम्पनीले यसअघि नै टोमहक ईभीको बुकिङ खुला गरिसकेको छ भने यसको आधिकारिक मूल्य असोज २४ गते शनिबार एक विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने तयारी गरेको छ। पावर, ब्याट्री र रेन्ज: एमजी हेक्टर टोमहकमा १५० किलोवाट (kW) को शक्तिशाली इलेक्ट्रिक मोटर र ६९.२ किलोवाट आवर (kWh) को ब्याट्री प्याक राखिएको छ, जसले… पुरा पढौ

दसैँका लागि टिकट बुकिङ आजदेखि खुला: टिकट लिन रातिदेखि नै यात्रुको बाक्लो लाइन

काठमाडौं, २३ असाेज। आगामी बडादसैँमा घर जानका लागि काठमाडौँको नयाँ बसपार्कमा यात्रुहरूको बाक्लो उपस्थिति र घुइँचो बढेको छ। सरकारले शुक्रबार (असोज २३ गते) देखि दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला गरेसँगै टिकट लिनका लागि काठमाडौँको नयाँ बसपार्कमा यात्रुहरूको लामो लाइन लागेको हो। विभाग, प्रहरी र यातायात व्यवसायीबीचको सहमति यसअघि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी तथा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूबीच गत असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँ लक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने… पुरा पढौ

स्क्वायर मोटर्सद्वारा ‘दशैँ मेगा एक्सचेञ्ज इभेन्ट’ घोषणा, १० लाखसम्म नगद छुट र उपहारको व्यवस्था

पोखरा, १६ असोज । TVS मोटरसाइकल तथा स्कुटरको पोखरा क्षेत्रका लागि आधिकारिक डिलर स्क्वायर मोटर्स प्रा.लि.ले नेपालीहरुको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा विशेष दशैँ योजना सार्वजनिक गरेको छ। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा स्क्वायर मोटर्स प्रा.लि.का अध्यक्ष आदर्शमान श्रेष्ठले दिएको जानकारी अनुसार, ग्राहकहरुलाई थप सहजता र उत्सवमय वातावरण प्रदान गर्न आगामी असोज १८ गते आइतबारदेखि असोज २६ गते सोमबार (अक्टोबर ४ देखि अक्टोबर १२) सम्म पोखराको अमरसिंह चौरमा भव्य "Dashain Mega Exchange Event" आयोजन गर्न लागिएको हो।… पुरा पढौ

कोरला नाका व्यापार प्रभावित, १५० भन्दा बढी कन्टेनर रोकिए

मुस्ताङ, १६ असाेज। भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडक खण्ड ठाउँ-ठाउँमा अवरुद्ध भएपछि उत्तरी सीमावर्ती कोरला नाकाबाट हुने आयात-निर्यात व्यापार पूर्ण रूपमा ठप्प भएको छ। सडक पहिरोले बिग्रिएपछि चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन बीच बाटोमै रोकिएका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकास्थित न्हेचुङ भन्सार यार्डमा रहेका करिब १५० कन्टेनरमध्ये ९० प्रतिशतको भन्सार जाँचपास भइसकेको छ। बाँकी कन्टेनरको जाँचपास पनि दुई दिनभित्र सकिने भए पनि सडक अवरुद्ध भएकाले सामान… पुरा पढौ

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी, १५ असोज। वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाएपछि बुधबार बेलुकादेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रमा सडकका विभिन्न स्थानमा लेदो र ठूला ढुङ्गासहित पहिरो खसेको थियो ।… पुरा पढौ